प्रदेश २ को नाम 'मधेस' राखेको विरोधमा प्रदेशसभा सदस्यहरूको पुतला दहन

प्रदेशसभाबाट प्रदेश २ को नाम 'मधेस' प्रदेश राखेको भन्दै जनकपुरधाममा प्रदेशसभा सदस्यको पुतला दहन गरिएको छ । 

मधेश आन्दोलनकारीको एक समूहले स्थानीय जानकीचोकमा प्रदेशसभा सदस्यको पुतला दहन गरेका हुन् ।

उनीहरूले ८ जिल्लालाई मात्र मधेश प्रदेश पारित गरेकोप्रति आपत्ति जनाउँदै प्रदेश सांसदको पुतला दहन गरेका छन् ।

युवा नेता सुशील कर्णको अगुवाइमा गरिएको पुतला दहनको क्रममा उनीहरूले २२ जिल्लालाई मधेस प्रदेश बनाउन विगतमा पटक पटक आन्दोलन गरिए पनि यसलाई ८ जिल्लामा मात्र सीमित गरिएकोप्रति आपत्ति जनाए । 

प्रदर्शनकारीले मिथिला–भोजपुरालगायतका प्रदेशको नाम नराखेर पहिचान र संस्कृतिकमाथि प्रहार गरिएको जिकिरसमेत गरे । 

उता पर्साको वीरगंजमा भने एक समूहले मधेस प्रदेशको राजधानी वीरगंज नबनाएको भन्दै मुख्यमन्त्री लालबाबु राउतको पुतला दहन गरेका छन् ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १४:२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया