प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि एपिएफ र पुलिस भिड्ने

विभागीय टोली नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

एपिएफले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै फाइनल यात्र तय गर्यो 

एपिएफले उपाधिका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल माघ ५ गते (भोलि) हुनेछ । पुलिस बागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनल प्रवेश गरेको हो । 

२३१ रनको विशाल लक्ष्य पछ्याएको आर्मीले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १८३ रन मात्र बनाउन सक्यो । आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ३८ रनको योगदान दिए ।

भीम सार्कीले ३५, सुमित श्रेष्ठले २४ र हरि चौहानले २२ रन जोड्दा शाहब आलम २१ रनमा अविजित रहे । 

एपिएफका लागि कप्तान शरद भेषवाकरले ३, भुवन कार्की र अभिनाश बोहराले २–२ तथा किशोर महतो र दीपक बोहराले १–१ विकेट लिए । 



यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २३० रन बनाएको थियो ।

एपिएफका लागि आसिफ शेख, प्रदीप ऐरी र लोकेश बमले अर्धशतकीय पारी खेले । आसिफले ४३ बलमा १० चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८४ रनको योगदान दिए ।



लोकेश ६६ र प्रदीप ५७ रनका अविजित रहे । निकै आक्रमक पारी खेलेका लोकेशले मात्र १८ बलमा २ चैका र ९ छक्का प्रहार गरे । उनले १४ बलमै अर्धशतक पूरा गरेका थिए ।

प्रदीपले ५३ बलमा ७ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि आसिफ र प्रदीपले १५० रनको उत्कृष्ट साझेदारी गर्दै एपिएफलाई राम्रो सुरुवात दिलाएका थिए ।  

त्यस्तै, तेस्रो विकेका लागि लोकेश र प्रदीपले अविजित ६८ रनको साझेदारी गरेपछि एपिएफले विशाल योगफल तयार पार्यो ।

आर्मीका लागि जितेन्द्र मुखिया र सुमित श्रेष्ठले १–१ विकेट लिए ।  

एपिएफ समूह बी को विजेता तथा आर्मी समूह ए को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए ।

  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १६:२८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया