पिसिआर टेस्टको शुल्क घटाउने तयारी

सरकारले कोभिड–१९ को परीक्षण (पिसिआर टेस्ट)को शुल्क घटाउने तयारी गरेको छ । मंगलबार बेलुकी वा बुधबारसम्म नयाँ शुल्कको विषयमा निर्णय हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

अहिलेको सन्दर्भमा पिसिआर शुल्क महँगो भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि सरकारले शुल्क घटाउने तयारी गरेको हो । हाल विगतमा सरकारले गरेको निर्णय अनुसार नै निजी अस्पतालहरुले पिसिआर टेस्टका लागि २ हजार रुपैयाँ लिँदै आएका छन् । सरकारी अस्पतालमा भने एक हजारमै हुन्छ । 

मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै स्वास्थ्य शुल्क समायोजनको समितिको सिफारिसको आधारमा शुल्क पुनः समायोजन गर्ने र आवश्यकताअनुसार पिसिआर निःशुल्क गर्ने बताए । 





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १७:३४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया