सर्वोच्चका ३१ जना संक्रमित भएपछि सेवा संकुचन

सर्वोच्च अदालतले ओमिक्रनबाट अदालतका न्यायाधीश, मुख्य रजिस्ट्रारसहित ३१ जना संक्रमित भएपछि फेरि सेवा प्रवाहमा संकुचन गरेको छ । सर्वोच्चले मंगलबारदेखि दुई सातासम्म संकुचन गर्ने निर्णय गरेको छ ।

यस अवधिमा  बन्दीप्रत्यक्षीकरण, कोभिडसँग सम्बन्धित, थुनुवाको निवेदनसम्बन्धी र हेर्दाहेर्दैमा रहेको मुद्दाहरूको सुनुवाइ हुने प्रवक्ता बाबुराम दाहालले बताए । उनका अनुसार निर्णय सुनाउनु (निसु) गर्नुपर्ने मुद्दाको पनि सुनुवाइ हुनेछ । 

यसअघि पनि सर्वोच्चले कोभिड संक्रमण फैलिएको बेला गत साल सेवामा संकुचन गरेको थियो । 

मंगलबार मात्रै ओमिक्रनबाट दस हजारभन्दा बढी मानिस संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १८:१०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया