बैतडीमा चट्याङले विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गरेको छ । टावरमा क्षति भएपछि नागरिक सञ्चारविहीन भएका छन् । गत पुस २६ गते परेको चट्याङले दोगडा केदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति गरेको हो ।
नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयबासीलाई सञ्चारको समस्या भएको छ । एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको दोगडाकेदारका स्थानीय काशीसिंह विष्टले बताए ।
‘एक हप्तादेखि सञ्चार सेवा अवरुद्ध छ,’ उनले भने‚ ‘बैंकिङ काम र अन्य कामबाट पनि बञ्चित हुनु परेको छ।’ नेपाल टेलिकम बैतडीलाई समस्या समाधानबारे जानकारी गराए पनि हालसम्म मर्मत नभएको स्थानीयको गुनासो छ ।
यता नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटाले भने यहाँका विभिन्न टावरमा परेको चट्याङले क्षति पुर्याएकाले नेटवर्कमा समस्या आएको बताए ।
खोचलेकमा रहेको टावरमा चट्याङले बढी क्षति गरेको र अन्यमा भने सामान्य क्षति पुगेको टमाटाले बताए । उनले धनगढीबाट प्राविधिकको टोली आएर मर्मत सुरु गरिसकेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।