गगन थापाको प्रस्ताव : पार्टीमा उमेर हद लगाऔँ

काठमाडौं– कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीमा ७० वर्षे उमेर हद लागू गर्न माग गरेका छन् । पार्टीका सबै कार्यकारी पदमा ७० वर्षे उमेर हद लागू गर्नुपर्ने उनको माग छ । 

पार्टी केन्द्रीय कार्यसमितिमा विधानमाथि भएको छलफलमा नेता थापाले नेविसंघमा जस्तै पार्टी पदाधिकारीका लागि पनि उमेर हद तोक्ने प्रस्ताव गरे । 
हाल पार्टीमा कुनै उमेर हद छैन । विधान संशोधन मस्यौदा समितिले पनि उमेर हद तोक्ने प्रस्ताव गरेको छैन । कांग्रेसकै भ्रतृसंगठन नेविसंघमा भने पार्टीले ३२ वर्षे उमेर हद लागू गरेको छ ।

धेरैभन्दा धेरैलाई पार्टीको सदस्यता दिने र उनीहरुको प्रत्यक्ष मतका आधारमा सभापति चुन्नुपर्ने भन्दै थापाले यसरी चुनिने सभापतिलाई पदाधिकारी मनोनयन लगायतका अधिकार दिन सकिने धारणा राखे । 

हाल कांग्रेसमा क्रियाशील सदस्यहरुबाट चुनिएका महाधिवेशन प्रतिनिधिले सभापति चयन गर्छन् ।

केन्द्रीय समितिको आकार ठूलो बनाउनुपर्ने भन्दै नेता थापाले अनुशासन समितिलाई महाधिवेशनबाट चुन्न माग गरे । बलियो अनुशासन समिति चयन गरी विधान उल्लंघन गर्ने जो सुकैलाई कारबाही गर्ने अधिकार दिनुपर्ने उनको प्रस्ताव छ ।

अनुशासन समितिका सदस्यले पार्टीका अन्य पदका साथै आम चुनावसमेत लड्न पनि नपाउने व्यवस्था गर्नुपर्ने थापाको प्रस्ताव छ ।





  • प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार २०:३७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया