इन्डोनेसियाको राजधानी अब जकार्ता नरहने

इन्डोनेसियाको राजधानी अब फेरिने भएको छ । इन्डोनेसियाको संसदले एक विधेयक पारित गरेसँगै बोर्नियो द्वीपमा नयाँ राजधानी बनाउन लागिएको हो ।

वर्तमान राजधानी जकार्ता ट्राफिक जाम, वायु प्रदुषण र बाढीले प्रभावित भइरहने हुनाले नयाँ राजधानी बनाइन लागेको हो । 

यद्यपि जकार्ता इन्डोनेसियाको वाणिज्य तथा वित्तीय केन्द्र बन्नेछ ।

बोर्नियो द्वीपमा सहर निर्माणका लागि तीस अर्ब डलरभन्दा धेरै लागत लगाइनेछ। नयाँ सहरलाई नुसान्तरा भनिनेछ, जसको अर्थ हाे- द्वीपसमूह ।

यो नयाँ नाम राष्ट्रपति जोको विडोडोले सुझाएका हुन् । उनले ८० भन्दा धेरै विकल्पबाट नामकरण गरेका हुन् । विडाेडाेले सन् २०१९ मा राजधानी सार्ने घाेषणा गरेका थिए। 

राष्ट्रिय विकास योजनामन्त्री सुहार्सो मोनोरफाका अनुसार यस नामले इन्डोनेसियाको भूगोललाई दर्शाउँछ ।
 





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार ७:३३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया