सुविधासम्पन्न हजार क्षमताकाे हाेल्डिङ सेन्टर अन्तिम चरणमा

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको सालधारी क्षेत्रमा १ हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

नेपाली सेनामार्फत् होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्ट्रक्सन प्रालिले सेन्टरको निमार्णको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । कम्पनीका अनुसार हाल बेड फिटिङको कार्य चलिरहेको छ । कम्पनीले विद्युत होल्डिङ सेन्टरमा विद्युत आपूर्तिको लागि ट्रान्समिटर राख्ने काम पनि सम्पन्न गरेको छ ।

सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टर निमार्णको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ । निमार्णको कार्य ढिलासुस्ती अथवा निर्माणको कुरामा सेनाले विशेष ध्यान दिएर निमार्ण कार्यलाई सहजता गर्ने गरेको बाहिनीले जनाएको छ । 

२९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले करिब साढे पन्ध्र करोड रुपैयाँ भुक्तानी लिएको छ । तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको स्थायी होल्डिङ सेन्टरको बाइस वटा अलग अलग ब्लग छन् । 

निर्माण भएका सबै ब्लगमा बाथरुम, भान्सा, डाइनिङ रुमलगायतको महत्वपूर्ण सेवासुविधासहित राखिएकाे छ । संरचनागत भवन सबै निर्माण भएको र खाली फिटिङको काम मात्रै बाँकी रहेको छ । पुस मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने होल्डिङ सेन्टरको भुक्तानीका कारण ढिलाइ भएको ठेकेदार कम्पनीले बताएकाे छ ।



कोरोना महामारीको तेस्रो लहरलाई लक्षित गर्दै निर्माण सुरु गरिएको होल्डिङ सेन्टर अबको केही समयभित्रै सेन्टरको निर्माण कार्य सम्पन्न गर्ने समेत ठेकेदार कम्पनीले जनाएको छ ।

नेपाल सरकारले भारतबाट भित्रिएका नेपाली नागरिकहरूलाई कोरोना संक्रमण भए-नभएको परीक्षण गरेर मात्रै गन्तव्यमा जान दिने वा अस्पताल/आइसोलेसनमा पठाउने गरी वैशाख महिनाको मन्त्रिपरिषद् निमार्णले नेपाल-भारत सीमानाका नजिकै ८ र उपत्यकामा २ गरी १० ठाउँमा प्रत्येकमा हजार जना मानिस अट्ने क्षमताका होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । 



यस्तै होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा भए पनि यसलाई कसले कसरी सञ्चालन र व्यवस्थापन गर्ने भन्ने विषयमा भने अन्यौलता रहेको छ । होल्डिङ सेन्टरको ३ सय बेड तयारी अवस्थामा छन् ।

जिल्लाभर अहिले कोरोना संक्रमण दर बढिरहेको छ । जिल्लाको एक मात्र महाकाली अस्पतालमा दिनानुदिन संक्रमितहरू बढिरहेको अवस्था छ । भारतसँग खुल्ला सिमाना भएको जिल्ला प्रत्येक दिन सयौंको संख्यामा नेपाली स्वदेश फर्कने क्रम पनि बढ्दै गएको छ । 

निर्माणको चरणमा रहेको होल्डिङ सेन्टरलाई सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले हेरिरहेको छ । तर सम्पन्न होल्डिङ सेन्टर सम्पन्न पछाडि पनि नेपाली सेनाले या कसले कसरी सञ्चालन गर्ने विषय भने स्पस्ट रूपमा तय नहुँदा सञ्चालनमा अन्यौलता छाएको छ । यता जिल्ला प्रशासन कार्यालयले भने नेपाल सरकारको माघ २ गतेको निर्णय अनुसार सञ्चालन गर्ने जनाएको छ ।

होल्डिङ सेन्टर निर्माणपछि भने जिल्लामा बढिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न केही सहज तथा सहयोग पुग्ने विश्वास लिइएको छ । जिल्लामा हालसम्म ९ हजार २८० जनामा कोरोना संक्रमण भएको छ ।  
 

  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १४:३०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया