सिटामोल लुकाउने फार्मेसीलाई १० हजार रुपैयाँ जरिवाना

सिटामोल लुकाउने एक फार्मेसीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको छ । 

बजारमा अभाव भएको भन्दै बिरामी ग्राहकलाई सिटामोल बिक्री नगर्ने सातदोबाटोमा रहेको गोसाइंकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई विभागले १० हजार जरिवाना गरेको हो । 

विभागको छड्के अनुगमनको क्रममा ग्राहकलाई सिटामोल छैन भनेका थिए । तर, गोदाममा भने सिटामोल भेटिएपछि कारवाही गरिएको विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलले जानकारी दिए।

केही दिनदेखि ग्राहकलाई सिटामोल छैन भन्दै बिरामीलाई फर्काउँदै आएको थियो । 

विभागले १० हजार जरिवाना गर्नुका साथै सचेत समेत गराएको छ । औषधिजस्तो संवेदनशील वस्तुकाे कृत्रिम अभाव सिर्जना गराउन नपाउने उनको भनाइ छ । 

केही दिनयता ज्वरोका बिरामी बढेसँगै सिटामोलको माग उच्च भएको छ । त्यही मौकामा सिटामोल लुकाउने गरेको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीब्रता दिएको छ ।





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १७:१७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया