इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राति भएकाे खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएकाे छ ।
युनाइटेडले घरेलु टाेली ब्रेन्टफाेर्डमाथि ३-१ काे सहज जित हात पारेकाे हाे ।
ब्रेन्टफाेर्ड कम्युनिटी स्टेडियममा युनाइटेडलाई जित दिलाउन एन्थोनी इलंगा, मेसन ग्रिनउड र मार्कुस रासफोर्डले एक-एक गोल गरे ।
घरेलु टोलीका इभान टोनीले एक गोल फर्काए । खेलकाे ५५औं मिनेटमा इलंगाकाे गाेलमार्फत् युनाइटेडले अग्रता लिएकाे थियाे ।
६२औं मिनेटमा ग्रिनउड र ७७औं मिनेटमा रासफाेर्डले गाेल गरेपछि युनाइटेड ३-० ले अघि बढ्याे ।
८५औं मिनेटमा टाेनीले ब्रेन्टफाेर्डका लागि सान्त्वना गाेल फर्काए ।
याे जितसँगै युनाइटेड २१ खेलमा ३५ अंक जाेडेर साताैं स्थानमा रहँदा ब्रेन्टफाेर्ड २२ खेलबाट २३ अंकका साथ १४औं स्थानमा छ ।
लिग अन्तर्गत गए राति नै भएकाे खेलमा टाेटेनहमले लेस्टर सिटीमाथि ३-२ काे राेमाञ्चक जित हात पार्याे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।