पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ताको माग गर्दै अस्कल क्याम्पसमा विराेध प्रदर्शन

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।

काठमाडाैंकाे अस्कल क्याम्पस परिसरमा विद्यार्थीहरूले विराेध प्रदर्शन गरेका हुन् । मूल्यवृद्धि फिर्ता हुनुपर्ने उनीहरूकाे माग छ ।

नेपाल आयल निगमले गए राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाएको हो । 

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साविक मूल्यमा ३ रुपैयाँ बढाइएको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यअनुसारको घाटा समायोजनका लागि भन्दै निगमले भाउ बढाएको हो ।  

अब पेट्रोल प्रतिलिटिर १३९ रुपैयाँ पुगेको छ। डिजेल १२२ रुपैयाँ कायम भएको छ। एलपी ग्यासको मूल्य भने बढाइएको छैन।

यस्तै, आन्तरिक हवाइ इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। समायोजित मूल्य अनुसार प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ।



अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलोलिटर १०० अमेरिकी डलर बढाइएको छ। नयाँ मूल्य ९९५ अमेरिकी डलर पुगेको छ।

समायोजनपछि पनि निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड घाटा हुने निगमको दाबी छ।



  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १२:३१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया