फ्रान्सले इन्धनमा लगाइएको कर तत्कालका लागि फिर्ता लियाे

पेरिस– फ्रान्सले इन्धनमा लगाएको करवृद्धि तत्कालका लागि फिर्ता लिएकाे घाेषणा गरेकाे छ । फ्रान्सका प्रधानमन्त्री इडवार्ड फिलिपले करवृद्धि  फिर्ता  लिएकाे जानकारी  दिएका हुन् ।

करवृद्धि गरेको भनी विगत दुई हप्तादेखि पहेलो पहिरनधारी सवारी साधन धनीहरूले गरेमा प्रदर्शनले हिंसात्मक रूप लिन थालेपछि फ्रान्स सरकारले आगामी छ महिनाका लागि स्थगित गर्ने निर्णय लिएको हो । 

इन्धनमा बढाएको करले मुलुकको एकतालाई खतरामा पार्न सक्दैन, प्रधानमन्त्री फिलिपले टेलिभिजनमार्फत गरेको सम्बोधनमा बताए । उनले भने, ‘इन्धनमा गरेको मूल्यवृद्धिको विरोधले सडकमा गम्भीर समस्या उब्जाएको छ र कसैको स्वार्थका लागि भएको प्रदर्शनले नागरिकहरूको ससम्मान बाँच्न र हिडडुल गर्न पाउने अधिकारलाई अन्यायपूर्ण रूपमा बञ्चित गरेको देखियो, तत्कालका लागि निर्णय स्थगित भएको जानकारी यसै सम्बोधनमार्फत गराउन चाहन्छु ।’

आगामी दिनमा गरिने आन्दोलनलाई मर्यादित तथा शान्तिपूर्ण बनाउन प्रदर्शनकारीलाई फ्रान्स सरकारले आग्रह गरेकाे छ । 

दक्षिणी फ्रान्सको अर्लिसमा सरकारविरोधी प्रदर्शनका क्रममा १० किलोमिटर सडक अवरूद्ध गर्ने क्रममा एउटा भ्यान र ट्रक एक आपसमा ठक्कर खाँदा भ्यानका चालकको मृत्यु भएको थियो भने सरकार विरोधी आन्दोलनमा २६३ जना घाइते बनेका थिए । 

अर्जेन्टिनामा भएको जी–ट्वान्टी सम्मेलनमा सहभागी भै आइतबार स्वदेश फर्किएका राष्ट्रपति इमानुएल म्याक्रोनले प्रधानमन्त्री, गृहमन्त्री, तथा उच्च अधिकारीलाई बोलाई समस्याबारे जानकारी लिएका थिए । राष्ट्रपतिले आफुलाई हिंसा कदापि मान्य नहुने बताए । राष्ट्रपतिले दुई दिन पहिले अर्जेन्टिनामा पत्रकारसँगको कुराकानीमा कुनै पनि कारणले सरकारी अधिकारी, पत्रकार र व्यवसायीमाथिको आक्रमणलाई पुष्टि गर्न नसक्ने बताएका थिए । 





  • प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार १२:४७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया