प्रिमियर लिग : नर्विचकाे सहज जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राति भएकाे खेलमा नर्विच सिटीले १० खेलाडीमा सीमित घरेलु टाेली वाट्फाेर्डमाथि ३-० काे सहज जित हात पारेकाे छ ।

भिकारेज राेडमा नर्विचलाई जित दिलाउन जाेशुआ सार्जेन्टले २ गाेल गर्दा १ गाेल उपहार स्वरूप प्राप्त भयाे ।

सार्जेन्टले ५१औं र ७४औं मिनेटमा गाेल गर्दै नर्विचलाई २-० काे अग्रता दिलाएका थिए ।

७८औं मिनेटमा इम्यानुएल बाेनाभेन्चरले दाेहाेराे पहेंलाे कार्ड बेहाेर्दै मैदान छाडेपछि वाट्फाेर्ड १० खेलाडीमा सीमित बन्याे ।

थप गरिएकाे समयमा जुराज कुक्काले आत्माघाती गाेल गरेपछि नर्विचले ३-० काे सहज जित हात पार्‍याे ।

याे जितसँगै नर्विच २२ खेलमा १४ अंक जाेडेर १७औं स्थानमा रहँदा २० खेलमा १४ अंकका साथ वाट्फाेर्ड १८औं स्थानमा छ ।





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार ७:५३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया