देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने, ज्ञवाली भन्छन्- अलमल्याउन बाेलाइएको हो

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आजको बैठकमा एमाले उपस्थित नहुने भएको हो। उनले फरकधारलाई दिएको जानकारी अनुसार भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीले छुट्टै पत्रकार सम्मेलन आयोजना गर्दैछन् । 

‘हामी आजको बैठकमा जादैनौं । जान जरुरी पनि किन ठान्दैनौं भने निर्वाचनलाई अलमल्याउनका लागि डाकिएको बैठक हो’, ज्ञवालीले फरकधारसँग भने । 

साथै, संविधान र कानुन अनुसार स्थानीय तहको निर्वाचन घोषणा हुनु पर्नेमा आफूहरूको दृढ अडान रहेको ज्ञवालीले बताए । 

उनले भने, ‘संविधान र कानुन अनुसार प्रष्ट रूपमा स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्छ भन्ने हाम्रो दृढ अडान छ । निर्वाचन आयोगले जुन सिफारिस गरेको छ त्यसको आधारमा उहाँहरू अघि बढ्नुपर्छ । कहीँकतै बहानाबाजी बनाउन मिल्दैन भन्ने हाम्रो भनाइ हो ।’ 

स्थानीय तह निर्वाचन, प्रधानमन्त्रीको देशवासीको नाममा भएको सम्बोधन र समसामयिक विषयमा भोलि अध्यक्ष ओलीको पत्रकार सम्मेलन रहेको पनि उनले बताए ।





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार ९:२२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया