रेणु यादवको अभिव्यक्तिमा विश्वप्रकाशका तीन विकल्प : क्षमा, राजीनामा र प्रधानमन्त्रीद्वारा पदमुक्त

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हिंसा भड्काउने अभिव्यक्ति दिएकी मन्त्री रेणु यादवको अभिव्यक्तिको उपचारका तीन विकल्प अघि सारेका छन् । 

केही दिनदेखि परिवारसहित कोरोना संक्रमण भएर बसेका शर्माले तीनवटा विकल्प अघि सारेका हुन् । आइसोलेसनबाट महामन्त्री शर्माले भनेका छन्,‘स्वयम् व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना !

अर्को विकल्प प्रस्तुत गर्दै शर्माले सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा आउनपर्ने विकल्प दिएका छन् । दोस्रो नम्बर बुँदामा उनले भनको छन्, ‘सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा’

महामन्त्री शर्माले प्रधानमन्त्रीद्वारा पदमुक्त गर्ने अर्को विकल्प पनि अघि सारेका छन् । उनले भनेका छन्,‘पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त’

साथै, उनले तीन उपचारका पछिल्तिर तीन कारण रहेको बताएका छन् । 

यस्ता छन् उनका तीन कारण :



१.राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवारी हुनैपर्दछ। 

२. हिंसा भड्काउने अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य हुनुहुन्न



३. विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न

  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १०:९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया