मुम्बइमा आगलागी हुँदा ७ जनाको मृत्यु

भारतको मुम्बईमा रहेकाे २० तले भवनमा आगलागी भएकाे छ । आगलागीमा परी ७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार शनिबार बिहान सात बजेतिर आगलागी भएको हो । 

दुर्घटनामा परेका १५ जनालाई भाटिया अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनीहरूलाई सास फेर्न गाह्राे भएपछि अस्पताल लगिएकाे हाे ।

समाचार एजेन्सी एनएनआईका अनुसार समयमै ५ एम्बुलेन्स र १३ दमकल पुगेका थिए ।

आगलागीको कारण भने खुल्न सकेको छैन । 





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १३:२१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया