आइपीएलको मेगा अक्सनका लागि १५ नेपाली खेलाडीको नाम दर्ता

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ को मेगा अक्सनका लागि  कुल १ हजार २१४ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा ८९६ भारतीय र ३१८ विदेशी खेलाडी छन् ।

नेपालबाट मात्रै १५ खेलाडीले नाम दर्ता गराएको भनिए पनि नाम भने  खुलाइएको छैन । अक्सनमा ४१ एसोसिएट खेलाडीले नाम दर्ता गराएका छन् ।

अक्सनमा टेस्ट राष्ट्रतर्फ अस्ट्रेलियाबाट ५९, दक्षिण अफ्रिकाबाट ४८, वेस्ट इन्डिजबाट ४१, श्रीलंकाबाट ३६, इंग्ल्यान्डबाट ३०, न्युजिल्यान्डबाट २९, अफगानिस्तानबाट २०, बंगलादेशबाट ९, आयरल्यान्डबाट ३ र जिम्बावेबाट २ खेलाडीले नाम दर्ता गराएका छन् ।

एसोसिएटतर्फ नेपालपछि सबैभन्दा धेरै अमेरिकाका १४  खेलाडीले नाम दर्ता गराएका छन् । नामिवियाका ५, ओमानका ३ तथा भुटान, नेदरल्यान्डस् , स्कटल्याण्ड र युएईका १/१ खेलाडीले अक्सनमा नाम दर्ता गराएका छन् ।

दर्ता गराएको नामबाट आइपीएलले सर्ट लिस्ट तयार पार्ने छ । सर्ट लिस्टमा पर्ने खेलाडी अक्सनमा जानेछन् ।

आइपीएल मेगा अक्सन फेब्रुअरी १२ र १३ मा हुने भनिए पनि औपचारिक रूपमा घोषणा भएको छैन । यो सिजनदेखि आइपीएलमा  १० टोलीको सहभागिता रहने छ ।





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १३:३३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया