शैक्षिक माफिया र न्यायालयबीच साँठगाँठ भएको डा. केसीको आरोप

चिकित्सा क्षेत्रमा देखिएका विविध विकृतिविरुद्ध १५औँ पटकसम्म आमरण अनशनमा बसेका डा. गोविन्द केसीले उच्च अदालत जनकपुरबाट भएको मेडिकल शिक्षासम्बन्धी फैसलाप्रति गम्भीर आरोप लगाएका छन् ।

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले गत वर्ष नियमविपरीत नेपालको प्रवेश परीक्षा उत्तीर्ण नगर्ने विद्यार्थीहरूलाई भर्ना गरेको, तर जनकपुर उच्च अदालतले मंसिर ३ गतेको फैसलाले सो भर्ना सदर गरेको केसीले आरोप लगाएका छन् ।

यसअघि केसीले चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नेलगायत माग राखी सरकारलाई पौष २ गतेसम्मको अल्टिमेटम दिएका थिए । आफ्नो माग पूरा नभए १६औँ अनशनमा बस्ने केसीको चेतावनी थियो । सो समयसीमा आउन १२ दिन मात्रै बाँकी छ । 

बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले माफिया–न्यायालय साँठगाँठ भएको आरोप लगाएका हुन् । मेडिकल माफियाहरूले नियमविपरीत भर्ना गरेकोमा उनीहरू दण्डित हुनुपर्नेमा नेपालको मेडिकल शिक्षामा धेरै वर्षदेखि माफिया–न्यायालय साँठगाँठमार्फत दोषी पुरस्कृत हुने र नियमनकारी निकाय दण्डित र निष्प्रभावी हुने अवस्था रहेको केसीले औँल्याएका छन् । जसका कारण अदालतका आडमा माफियाहरूले मेडिकल कलेजलाई डिग्री किनबेच गर्ने थलो मात्रै बनाएको केसीको आरोप छ । 

डा. केसीले यस सन्दर्भमा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली देखि वर्तमान प्रधानन्याधीश ओमप्रकाश मिश्रसम्मलाई आरोप लागाएका छन् ।





  • प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार १५:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया