सडक खन्ने क्रममा ढुंगाले किच्दा एक्स्काभेटर चालकको मृत्यु

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङमा सडक खन्ने क्रममा ढुंगाले किच्दा एक्स्काभेटर चालकको मृत्यु भएको छ । बर्दिया घर भएका अन्दाजी ४५ वर्षका शेरबहादुर श्रेष्ठको घटनास्थलमा नै ज्यान भएको हो ।

शनिबार दिउँसो साढे १ बजेको समयमा मेलम्ची नगरपालिका–३ स्थित माछा फार्मनजिकै सडक विस्तारको क्रममा माथिबाट खसेको ढुंगाले एक्स्काभेटर चालकलाई लागेको थियो । 

अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । मृतक श्रेष्ठ हिजो मात्र एक्स्काभेटर चलाउन आएको स्थानीयले बताएका छन् ।





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १९:२९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया