प्रिमियर लिग : बराबरीमा राेकियाे म्यानचेस्टर सिटी

इंग्लिस प्रिमियर लिग अन्तर्गत गए रातिकाे खेलमा लिग लिडर म्यानचेस्टर सिटी घरेलु टाेली साउथह्यामटनसँग बराबरीमा राेकिएकाे छ ।

सेन्ट मेरी स्टेडियममा दुवै टाेलीले १-१ काे बराबरी खेलेका हुन् ।

सुरुवाती अग्रता जाेगाउन नसक्दा घरेलु टाेली अंक बाँड्न बाध्य बन्याे ।

खेलकाे साताैं मिनेटमा काइल वाकर पिटर्सले गाेल गर्दै साउथह्यामटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६५औं मिनेटमा एमिरिच लापाेर्टेले सिटीका लागि बराबरी गाेल फर्काए ।

त्यसपछि थप गाेल हुन नसक्दा दुवै टाेलीले अंक बाँडेका हुन् ।



याे नतिजासँगै शीर्ष  स्थानमा कायम रहेकाे सिटीले २३ खेलमा ५७ अंक जाेड्दा साउथह्यामटन २२ खेलबाट २५ अंकका साथ १२औं स्थानमा छ ।

लिग अन्तर्गत गए राति नै भएका अन्य खेलमा उल्भ्सले ब्रेन्टफाेर्डलाई २-१ ले हराउँदा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याम, न्यूक्यासलले लिड्स युनाइटेड तथा एस्टन भिल्लाले एभर्टनमाथि समान १-० काे जित हात पारे ।



  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार ७:२०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया