ला लिगामा बार्सिलोनाको कठिन जित

स्पेनिस ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा बार्सिलोनाले घरेलु टोली एलाभेसमाथि १-० को कठिन जित हात पारेको छ । मेन्डिजोरोजामा खेलको ८७ औं मिनेटमा  फ्रान्कि डि जोङले गरेको एक मात्र गोल बार्सिलोनालाई जित दिलाउन प्रयाप्त बन्यो ।

जितसँगै २१ खेलमा ३५ अंक जोडेको बार्सिलोना पाँचौं स्थानमा रहँदा पराजित एलाभेस २२ खेलमा १७ अंकका साथ १९ औं स्थानमा छ ।

लिगअन्तर्गत गएराति नै भएका अन्य खेलमा ओसासुनाले ग्रानाडालाई २-० तथा एथलेटिक क्लब बिल्वाओले रायो भेल्कानोलाई १-० ले पराजित गरे । रियल मड्रिड इल्चेसँग २-२ तथा रियल सोसिडाड गेटाफेसँग गोलरहित बराबरीमा रोकिए । 





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार ८:५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया