आठ न्यायाधीशमा कोरोना पुष्टि भएपछि उच्च अदालत विराटनगरको सेवा प्रभावित

विराटनगरस्थित उच्च अदालतका आठजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । एकैपटक आठ न्यायाधीशमा कोरोना पुष्टि भएपछि अदालतको सेवासमेत प्रभावित भएको छ । 

उच्च अदालत विराटनगरका प्रवक्ता ओमराज सुवेदीले न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण भएपछि बन्दी प्रत्यक्षीकरण र थुनुवाका मुद्दा मात्र हेर्न थालिएको जानकारी दिए । 

‘सेवा कटौती भन्दा पनि संकुचन गरिएको हो । अलिक भिडभाड कम गर्ने गरी सेवा थालिएको छ, बन्दी प्रत्यक्षीकरण र थुनुवा भएका मुद्दाहरू मात्र हेरिन्छ,’  उनले भने ।  

उनका अनुसार न्यायाधीशसहित थप अरू १० जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । 





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार ११:५४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया