कैलालीमा हायस दुर्घटना : १६ जना घाइते

कैलाली हायस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । अत्तरियाबाट धनगढीतर्फ आइरहेको सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको हायसले ल ना ४ ख १९१५ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा पाठक पेट्रोल पम्प नजिक दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार ६ लेन सडकमा हायसले ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । 

उनले दिएको जानकारी अनुसार दुर्घटनामा हायस चालक गौरीगंगा नगरपालिका–९ बस्ने ३५ वर्षीय धर्मराज जोशी, धनगढीकी अम्रिता चन्द, दीपिका जोशी, विमला जोशी, कञ्चनपुर भीमदत्त नगरपालिका–१९ की शारदा भट्ट, गोविन्द भट्ट, शुक्लाफाँटा नगरपालिकाका मणि जोशी, रमेश जोशी र पुष्पा भट्ट घाइते भएका हुन् । 

यस्तै, भारतको लखनउ बस्ने चन्द्री रावत, महेन्द्र रावत, अविजित रावत, रूपन हरिजंग, किशोर हरिजंग, प्रेम कुँवर र रजनी हरिजंग पनि घाइते भएका छन् ।

डिएसपी पोखरेलले घाइतेमध्ये चालक जोशी र धनगढीकी विमला जोशीको अवस्था मध्यम रहेको र बाँकीको सामान्य छ । घाइतेको धनगढी र अत्तरियाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १२:२०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया