उत्तर कोरियाले पूर्वी सागरमा फेरि परीक्षण गर्‍यो दुई मिसाइल

प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपिआरके) ले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको  छ ।  

दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै मंगलबार सो जानकारी दिएको छ ।

दक्षिण कोरियाली सेनाले मंगलबार बिहान उत्तर कोरियाबाट पूर्वी जलक्षेत्रमा प्रक्षेपण गरिएका दुईवटा अज्ञात क्षेप्यास्त्र पत्ता लगाएको स्रोतले जनाएको छ ।  क्रुज मिसाइलहरूको प्रक्षेपण संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लङ्घन भने नभएको बताइएको छ । प्योङयाङलाई ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाएकोमा नपरेको जनाइएको छ । 

यस महिनाको सुरुमा, उत्तर कोरियाले जनवरी ५ र ११ मा हाइपरसोनिक मिसाइल, जनवरी १४ मा दुई रेलवे छोटो दूरीको ब्यालेस्टिक मिसाइल र जनवरी १७ मा दुईवटा रणनीतिक निर्देशित मिसाइलसहित चार मिसाइल परीक्षण गरिसकेको छ ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १३:५७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया