प्रदेश १ मा कांग्रेस र एमाले उम्मेदवारको मत बराबरी
फरकधार / १२ माघ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत प्रदेश १ मा दुई उम्मेदवारको मत बराबरी भएको छ । अन्यतर्फ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत र एमालेका उम्मेदवार गुरुप्रसाद बरालको मत बराबर आएको हो । 



अन्यतर्फ बस्नेत, बराल र राप्रपाका अमरबहादुर विष्टको उम्मेदवारी परेको थियो। निर्वाचन आयोगका अनुसार बस्नेत र बराल दुवैजनाको मतभार ४४८८ आएको हो।



मतभार बराबर आएपछि निर्वाचन आयोगले कि त गोलाप्रथा वा पुनःनिर्वाचन गराउनुपर्ने प्रावधान छ । सम्बन्धित दलहरुसँग छलफल गरेर आयोगले पुनः मतदान गराउने सम्भावना छ ।



यसअघि महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ एमालेका सोनाम गेल्जेन शेर्पा विजयी भएका थिए। 







  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १७:५४:७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया