भेरी अस्पतालमा १६ वर्षीय किशोरसहित दुई काेराेना संक्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालीकोटका १६ वर्षीय बालकको मृत्यु भएको हो ।

मधुवन नगरपालिका–६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजे मृत्यु भएको थियो । भेरी अस्पतालमा यही १० माघमा पिसिआर गर्दा उनलाई कोरोना पोजिटिभ देखिएपछि सोही दिन भर्ना गरिएको थियो । 

यस्तै, कालीकोट शुभकालिका–५ निवासी १६ वर्षीय बालकको भेरी अस्पतालमा बुधबार बिहान ११ः१५ बजे मृत्यु भएको हो । यही ४ माघमा पिसिआर गर्दा कोरोना पोजिटिभपछि भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए । 





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार ७:३०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया