राष्ट्रियसभा निर्वाचनमा विजयी भएका १९ सदस्यको नामावली सार्वजनिक

निर्वाचन आयोगले बुधबार भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । निर्वाचनबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी जम्मा १९ उम्मेदवार विजयी भएका छन् । 

निर्वाचित हुनेमा प्रदेश-१ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जयन्तीदेवी राई, नेकपा एमालेका सोनाम गेल्जन शेर्पा र नेपाली कांग्रेसका गोपालबहादुर बस्नेत निर्वाचित भएका छन् । त्यस्तै, मधेश प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवाद पार्टी, नेपालका मोहम्मद खालिद विजयी भएका छन् । 

बागमती प्रदेशबाट नेकपा एकीकृत समाजवादी पार्टीकी गोमादेवी तिमिल्सिना र नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल राष्ट्रियसभा निर्वाचनमा विजयी भएका निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार गण्डकी प्रदेशमा नेपाली कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका भुवनबहादुर सुनार र सुरेशकुमार आलेमगर राष्ट्रियसभा निर्वाचनमा विजयी भएका छन् । लुम्बिनी प्रदेशबाट नेकपा एकीकृत समाजवादी पार्टीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र नेपाली कांग्रेसका युवराज शर्मा राष्ट्रियसभा निर्वाचनमा विजयी भएका छन् । 

त्यस्तै, कर्णाली प्रदेशबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकीकृत समाजवादी पार्टीका उदयबहादुर बोहरा विजयी भएका छन् । सुदूरपश्चिमबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मदनकुमार शाह (गरिमा), नेकपा माओवादी केन्द्रका जगतबहादुर पार्की र नेपाली कांग्रेसका नारायणदत्त मिश्र राष्ट्रियसभा निर्वाचनमा विजयी भएका छन् । 

रिक्त १९ पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा थिए । 





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार ८:२१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया