\
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री देउवाले आज दिउसो राष्ट्रपति कार्यालय शितल निवास पुगी भण्डारीसँग भेटवार्ता गरेका हुन् ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच शीतल निवासमा एक घण्टा बिभिन्न विषयमा छलफल भएको जनाइएको छ ।
भेटमा राष्ट्रपतिले स्थानीय निर्वाचनको विषयमा चासो राखेकी थिइन् । उनले समयमै निर्वाचन सम्पन्न गर्न र संविधान तथा कानूनको पालना गर्न प्रधानमन्त्रीलाई आग्रह गरेकी थिइन् ।
जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनका सम्बन्धमा सत्तारुढ दलहरूसँग छलफल गर्ने बताएका थिए ।
प्रधानमन्त्री देउवा भेटवार्ता सकी शीतल निवासबाट बालुवाटार फर्किसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।