मूल्यवृद्धिको विरोधमा कर्णालीमा आयल निगम कार्यालय घेराउ

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले आयल निगमको कर्णाली प्रादेशिक कार्यालय घेराउ गरेका छन् । अनेरास्ववियु सुर्खेतले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरेको हो ।
 
बिहीबार अनेरास्ववियु सुर्खेत जिल्ला कमिटीको आयोजना निगम कार्यालय घेराउ कार्यक्रम गरिएको अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य प्रेम खड्काले जानकारी दिए । उनका अनुसार निगमको प्रादेशिक कार्यालय सुर्खेतमा धर्ना तथा कार्यालय घेराउ गरिएको थियो । 

अनेरास्ववियुले यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशमा धर्ना तथा कार्यालय घेराउको कार्यक्रम सम्पन्न गरिसकेको छ । निरन्तर पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिले सर्वसाधारणमा समस्या परेको भन्दै पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म यस्ता खालका कार्यक्रम गरिरहने खड्काले बताए ।





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार २१:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया