प्रधानन्यायाधीश राणाले बोलाए न्याय सेवा आयोगको बैठक

न्याय सेवा आयोगको बैठक आज बस्दैछ । ६ पुसमा स्थगित बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । नेपाल बारको असहमतिका बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बोलाएको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू भने कोरोना संक्रमणका कारण सहभागी हुने सम्भावना कम छ । 

उनी कोरोना पुष्टिपछि आइसोलेसनमा रहेका छन् । कानुनमन्त्री बडू उपस्थित नभए पनि प्रधानन्यायाधीश  राणा, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी बैठकमा सहभागी हुनेछन् ।

आयोगमा प्रधानन्यायाधीश, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, महान्यायाधिवक्ता, लोकसेवा आयोगका अध्यक्ष सदस्य रहने व्यवस्था छ ।  





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार ९:३६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया