बेलायती प्रधानमन्त्री बाेरिस जाेनसाेन युराेप भ्रमणमा जाने भएका छन् ।
युक्रेनकाे संकट बारेमा छलफल गर्न जाेनसाेन अर्काे साता युराेप भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्रीले बाेरिसले भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फाेनवार्ता गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रुसले रुस र युक्रेनकाे सीमामा सैनिक तैनाथ गरेकाले चारैतिर युक्रेनमाथि आक्रमण हुने चर्चा चलिरहेकाे छ ।
यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सीमामा रुसी सेनाको उपस्थितिलाई लिएर युद्धकाे त्रास नफैलाउन पश्चिमी देशहरूलाई अपिल गरेका छन् ।
जुनसुकै बेलामा पनि आक्रमण हुन सक्छजस्ता चेतावनीले युक्रेनको अर्थतन्त्रलाई नराम्ररी असर गरिरहेको उनकाे भनाइ छ ।
रुसले पनि युक्रेनमा आक्रमण गर्ने आफ्नो कुनै योजना नभएको बारम्बार बताउँदै आएको छ ।
यसअघि बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले अर्को महिना युक्रेनमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।