उचित स्थानमा सिट नभएको भन्दै कर्णाली प्रदेश सभा बैठकबाट बाहिरिन राप्रपा सांसद शाही

कर्णाली प्रदेश सभा सांसद शोसीला शाही प्रदेश सभा बैठकबाट बाहिरिएकी छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित शाहीले आँफुलाई प्रदेश सभा बैठकमा उचित स्थानमा सिट उपलब्ध नभएको जनाउँदै बाहिरिएकी हुन् । 

आज कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको तेस्रो बैठक बसेको थियो । 

‘सभामुख ज्यु मलाई उचित स्थानमा सिट चाहियो’ उनले भनिन्, ‘मेरो आवश्यकता परेको खण्डमा बोलाउनु होला । नत्र चार दलले सदन अगाडि बढाउनुहोला ।’ 

राप्रपाकी शाहीले सदनमा सिट माग्दै बैठकबाट बाहिरिएपछि कर्णाली प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार १५:२२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया