कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारले मेरो गोरुको बाह्रै टक्का नगरी अगाडि बढ्ने बताएका छन् । कर्णाली प्रदेश सभा नवौँ अधिवेशनको तेस्रो बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संसदीय व्यवस्थामा आलोपालो हुने भन्दै आफूहरु बसेको कुर्सी आजीवन नभएको उनले बताएका हुन् । प्रतिपक्षको भनाइप्रति लक्षित गर्दै मुख्यमन्त्री शाहीले प्रमुख प्रतिपक्षको रायलाई समेत बुझेर अगाडि बढ्ने बताए ।
‘मेरो छाती खुसीले फुलेको छ,’ उनले भने,‘प्रमुख प्रतिपक्ष दलले वाच डगको रुपमा सधैँ काम गर्नुपर्छ ।’ हिजो आफू प्रतिपक्ष हुँदा पनि निरन्तर सरकारलाई निगरानी गरेको उनले बताए ।
सुखारी कर्णाली बनाउनको लागि सरकार र प्रतिपक्ष मिल्नुको विकल्प नभएको उनले बताए । प्रतिपक्षले राखेको धारणालाई सरकारले विरोधको रुपमा नबुझी सकारात्मक रुपमा लिएर अगाडि बढ्ने उनले बताए ।
आफू सरकारमा आएको साढे दुई महिनाको अवधिमा थुप्रै काम गरको उनले बताए ।
कर्णाली प्रदेशसभाको बैठक सोमबार दिउसो १ बजे सम्मका लागि स्थगित भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।