प्रिमियर लिग फर्किँदै एरिक्सन

डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन इंग्लिस प्रिमियर लिग फर्कने पक्का भएका छन् । उनलाई इंग्लिस क्लब ब्रेन्टफोर्डले अनुबन्ध गर्ने पक्का भएको हो ।

ब्रेन्टफोर्डले एरिक्सनलाई ६ महिनाको लागि अनुबन्ध गर्न लागेको स्काई स्पोर्ट्सले जनाएको छ ।

एरिक्सनको मेडिकल समेत पूरा भएको बताइएको छ । उनी सन् २०२० मा प्रिमियर लिग क्लब टोटेनहमबाट इटालियन क्लब इन्टर मिलान गएका थिए । 

२९ वर्षीय एरिक्सनले युरोकप फुटबल दौरान भएको हृदयघातपछि फुटबल खेलेका छैनन् ।हृदयघात भएपछि उनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरिएको छ । 

आइसिडी नहटाएसम्म इटालीमा खेल्न नपाउने भएपछि एरिक्सन र इन्टरले केही समय अगाडि सम्झौता रद्द गरेका थिए ।

युरोकपमा फिनल्यान्डविरुद्धको खेलका दौरान हृदयघात भएर मैदानमै ढलेका एरिक्सनको तत्काल मैदानमै सिपिआर दिइएको कारण ज्यान बचेको थियो । 



पछिल्लो समय एरिक्सन डच क्लब आयाक्सको रिजर्भ टिमसँग प्रशिक्षण गरिरहेका थिए । 



  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार ११:५२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया