सोमबार १३ अंकले गिरावट आएको नेप्से परिसूचकसँगै मंगलबार कारोबार रकम समेत वृद्धि भएको छ ।
मंगलबार नेप्से परिसूचक १९.२९ अंकले बढेर २ हजार ८९१.३४ विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ३.९८ ले बढेको भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंकले बढेको छ ।
आज कारोबारमा आएका २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।
त्यस्तै, नेप्से कारोबारमा १३ उपसमूह मध्ये ९ उपसमूहको सूचक बढेको छ भने बाँकी ४ उपसमूहको सूचकमा गिरावट आएको छ । आज अधिकांश हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।
प्रायः सबै हाइड्रोपावर कम्पनीहरुको सेयरमूल्य बढेको छ । जसमा जलविद्युत उपसमूहको सूचक ३.२२ प्रतिशतले बढेको छ । विकास बैंक उपसमूहको उपसूचक १.६१ प्रतिशत, फाइनान्स उपसमूहको उपसूचक १.४८ प्रतिशतले बढेको छ । अन्य बाँकी उपसमूहको उपसूचक एक प्रतिशत भन्दा कमले बढेको छ । आज सबै भन्दाबढी व्यापार उपसमूहको सूचक ०.५३ प्रतिशतले गिरावट आएको छ ।
मंगलबार विन लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बुद्धभूमि हाइड्रोपावरको ९.९९ प्रतिशत, नेशनल हाइड्रोपावरको ७.५० प्रतिशत र मैलुङ खोला जलविद्युतको ५.५२ प्रतिशतले बढेको छ । तर, नेरुडे लघुवित्तको ३.१७, माइक्रोफाइनान्सको २.२८, सिभिल लघुवित्तको २.१२ प्रतिशतले घटेको छ ।
आज कारोबारको आधारमा नेशनल हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ३९ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अन्य अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाख र अपी पावरको ३५ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।