लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु
सांकेतिक तस्बिर

लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा ४३ वर्षीय अमृत चिलुवाल रहेका छन् । उनकाे दुर्घटनास्थलमै मृत्यु भएकाे हाे ।

इँटा लिन जाँदै गरेकाे  ग १ त ४४४५ नम्बरको ट्याक्टर बुधबार दिउँसो साढे ३ बजेतिर राइनास नगरपालिका-६, सिम्लेखोलामा दुर्घटनामा परेकाे हाे ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार ट्याक्टरमा तीन सवार थिए । सामान्य घाइते भएका सहयाेगी राइनास नगरपालिका-६ निवासी गाेपाल परियार स्थानीइ स्वास्थ्य संस्थामा उपचार गरी घर फर्किसकेका छन् । 

अगाडिबाट आइरहेकाे सवारी साधनलाई साइड दिने क्रममा ट्याक्टर सडकबाट करिब १६/२० मिटर तल सिम्लेखाेलामा खसेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं इन्सपेक्टर जगदिश रेग्मीले बताए। 

ट्याक्टर चालक दीपक परिवारलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढिरहेकाे प्रहरीले जनाएकाे छ ।



मृतक चिलुवालको शवलाई पाेस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।



  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार ८:३६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया