देशका धेरै स्थानमा वर्षा र हिमपात, सतर्कता अपनाउन मौसमविद्को अनुरोध

काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा वर्षा र हिउँ परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गएरातिदेखि पहाडी तथा हिमाली भेगमा हिउँ र तराईका धेरै स्थानमा वर्षा भइरहेको हो । 

आज दिउँसो पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  ‘आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चटयाङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ,’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।  

आज राति प्रदेश-१, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज केही स्थानमा भारी वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट जोगिनका लागि आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् । 





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार ७:३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया