भूमि आयोग गठन गर्ने मन्त्री अर्यालको भनाइ

काठमाडौ‌ं– सरकारले भूमिसम्बन्धी देखिएका विभिन्न समस्यालाई समाधान गर्न आयोग गठन गर्ने भएको छ । उक्त आयोगले भूमिहीन नागरिकलाई व्यवस्थित गर्ने अव्यवस्थित तथा जोखिमयुक्त बसोवासको न्यूनीकरण गर्ने, मोही र जग्गाधनीबीचका समस्या समाधान गर्ने र जमीनको वर्गीकरणलगायत विषयलाई समेट्नेछ । 

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले करिब तीन दशकअघिदेखि हालसम्म जमीनको भोगचलन गरी पूर्जा लिन नसकेका घरपरिवारलाई सामाजिक न्याय उपलब्ध गराउन उक्त आयोगले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । 

काठमाडौंमा आयोजित मन्त्री अर्यालले गुठीको जमिन अतिक्रमण भई हिनामिना भइरहेको अहिलेको अवस्थामा त्यसको संरक्षण गर्न गुठीलाई प्राधिकरणमा लैजाने गृहकार्य भइरहेको जनाकारी दिएन् । 

हलिया र कमैयामुक्त भएको दुई दशक हुँदा पनि उनीहरुको समस्या समाधान नभएको बताउँदै उनले उनीहरुको व्यवस्थापन छिट्टै गरिने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री अर्यालले विगतमा युद्वकालका वेला अर्घाखाँची, अछाम, पाल्पालगायत जिल्लामा रहेका अभिलेख नोक्सान भएकाले त्यस क्षेत्रमा विशेष नापी सुरु गरिने जानकारी गराइन् ।  

उनले आफ्नो मन्त्रालयसँग सम्बन्धित भू–उपग्रह खिच्ने तस्बिर चीनको सहयोगमा निःशुल्क प्रयोग गरिने व्यवस्था हालै मिलाइएकाले यस क्षेत्रमा हुँदै आएको अर्बौं रुपैयाँ बचत हुने बताइन् । 

सहकारीका माध्यमबाट स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने र देशलाई समृद्ध बनाउने बताउँदै उनले ललितपुर, काभ्रे, नुवाकोट, चितवन, मकवानपुर र धादिङका १८ स्थानीय तहमा सम्बद्ध सहकारीले उत्पादन गरेका वस्तुलाई बजारीकरण सुरु गरिएको बताइन् । 





  • प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार १६:१३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया