पाकिस्तानी क्रिकेटर मोहम्मद हसनैनको बलिङ एक्सन अवैध

पाकिस्तानका तीव्रगतिका बलर मोहम्मद हसनैनको बलिङ एक्सन अवैध रहेको पाइएको छ ।

पहिलोपटक गत महिना बिगबास लिगको ११ औं संस्करण खेल्दै गर्दा हसनैनको बलिङ एक्सन शंकास्पद रहेको भन्ने उजुरी परेको थियो । त्यसपछि उनले लाहोरमा आफ्नो बलिङ एक्सनको परीक्षण गराएका थिए ।

क्रिकेट अस्ट्रेलियाले पाकिस्तान क्रिकेट बोर्डलाई हसनैनको बलिङ एक्सन अवैध रहेको प्रतिवेदन बुझाएको हो । योसँगै २१ वर्षीय हसनैनले अर्को महिला हुने अस्ट्रेलियाविरुद्धको सिरिज तथा जारी पाकिस्तान सुपर लिगमा बलिङ गर्न नपाउने भएका छन् ।

उनलाई आफ्नो बलिङ एक्सन सुधार नगर्दासम्मका लागि प्रतिवन्ध लगाइएको हो । जनवरी २ मा एडिलेड स्ट्राइकर्सविरुद्ध सिड्नी थन्डरका लागि बिबिएलमा डेब्यु गरेका हसनैनको बलिङलाई लिएर अम्पायर जेरार्ड अबुडले रिपोर्ट गरेका थिए । 

पाकिस्तानका लागि ८ एकदिवसीय र १८ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका हसनैनले समग्रमा २९ विकेट हात पारेका छन् । 





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार ११:३६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया