सञ्जय लीला भन्सालीको फिल्म गंगुबाई काठियावाडीको ट्रेलर सार्वजनिक भएको छ । ठूला फिल्म बनाउने सञ्जयको यो फिल्ममा महिला पात्रको बेजोड प्रस्तुति देख्न सकिने छ । जसको झलक ट्रेलरमा देखिन्छ ।
जहाँ आलिया भट्ट एक दबंग भूमिकामा छिन्, अजय देवगन पनि माफिया डनको भूमिकामा छन् । फिल्ममा आलियाको अभिनयको नयाँ आयाम दर्शकले देख्नेछन् । आलियाको चरित्र परिवर्तनले सबैलाई स्तब्ध पार्न सक्छ ।
फिल्म गंगुबाई काठियावाडीमा गंगुबाईको भूमिका निभाएकी आलिया भट्टलाई एक यौनकर्मीको रूपमा देखाइएको छ । उनी पछि मुम्बईमा सामाजिक सेवाको काम गर्ने एक सशक्त महिलाको रूपमा देखिन्छिन् ।
सञ्जयले आफ्ना अन्य फिल्ममा जस्तै आलियाको चरित्रलाई पनि उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन् । ट्रेलरमा आलियाको स्टाइलले अचम्मित पार्न सक्छ । योसँगै अजय देवगनले मुम्बईका माफिया डन करीम लालाको भूमिका निभाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।