\
संघीय संसद सचिवालयद्वारा प्रकाशित ‘संसदमा समिति प्रणाली (राष्ट्रिय सभा विशेष)’ पुस्तक सार्वजनिक भएको छ ।
शुक्रबार महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएकाे हाे ।
कार्यक्रममा बोल्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान जारी भएपछि गठन भएको राष्ट्रिय सभाले छोटो समयमा देखाएको परिपक्वताका लागि धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाल, राष्ट्रिय सभा अन्तर्गत समितिका सभापतिहरू लगायतको उपस्थिति रहेको थियो ।
पुस्तकले राष्ट्रिय सभा र त्यस अन्तर्गतका समितिले कसरी काम गर्छन् भन्ने जानकारी पाउन, आगामी दिनमा सुधार गर्नुपर्ने विषय तथा संसदीय प्रणालीलाई थप मजबुत बनाउन मद्दत पुर्याउने विश्वास लिइएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।