जहाँ नयाँ वर्षकै दिन इन्टरनेट चल्दैन

एजेन्सी– अ‌ङ्ग्रेजी क्यालेन्डरअनुसार नयाँ वर्ष अाउँदै छ । याे अवसरमा पनि शुभकामना अादनप्रदान भइरहेकाे हुन्छ । नयाँ वर्षको दिन । साथीभाई वा परिवारसँग कतै घुम्न गइन्छ, कतै रमाइलो गरिन्छ ।

अनि त्यो रमाइलो फेसबुक, ट्विटर, ब्लगलगायतका सामाजिक सन्जालबाट सेयर गर्न कसलाई पो मन नपर्ला र ? कसलाई रहर नहोला र ?

तर, इन्डोनेसियाको बालीमा नयाँ वर्षको दिन मोबाइल नेटवर्क बन्द गर्न बालीवासीले मोबाइल सेवा प्रदायकहरुलाई अनुरोध गरेका छन् । त्यो दिन २४ घन्टा मोबाइलमा इन्टरनेट नचल्ने बनाउने मोबाइल सेवा प्रदायकहरुले स्वीकार पनि गरेका छन् ।

हिन्दुहरुले नयाँ वर्ष ‘न्हेपी’ मनाउन यो अनुरोध गरेका हुन् ।त्यहाँको विमानस्थल पनि त्यो दिनका लागि बन्द हुने भएको छ ।

‘धेरै हिन्दुहरु आजभोलि मोबाइलमा एडिक्ट भएका छन्,’ हिन्दु समाजका प्रमुख गुस्ती सुदियानाले भनेका छन्, ‘न्हेपीको समयमा त्यस्तो नहोस् भन्ने चाहन्छु ।’ ‘होटलका वाइफाइ, सार्वजनिक स्थानका वाइफाइ, एयरपोर्टमा मात्र त्यो दिन इन्टरनेट चल्नेछ, मोबाइलमा बन्द गरिनेछ,’ बालीको सन्चार कार्यालयका प्रमुखले जानकारी दिएसँगै बालीका हिन्दुहरु खुसी भएको समाचार अन्तर्राष्ट्रिय सन्चारमाध्यमले प्रकाशित गरेका छन् ।

हिन्दुहरुको बाहुल्य रहेको बालीमा नयाँ वर्षमा चारवटा कुरामाथि बन्देज लगाइने चलन छ । ती चार कुरा हुन्– आगो, यात्रा, काम र मनोरन्जन । कतिले त नयाँ वर्षको दिन केही पनि खाँदैनन् । यो वर्ष नयाँ वर्षका दिन इन्टरनेट बन्द गर्न गत मार्चमा नै स्थानीय प्रशासनले अनुरोध गरेको थियो ।



गत वर्ष यो अनुरोधलाई त्यहाँको सरकारले अस्वीकार गरेको थियो । तर, यो वर्षदेखि नयाँ वर्षको दिन मोबाइल इन्टरनेट सधैं बन्द गर्ने सरकारले सहमति जनाएको छ ।



  • प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार २२:५६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया