कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनी स्थानीय तहको निर्वाचनमा कृष्णनगर नगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । शाह शनिबार कांग्रेसमा प्रवेश गरेका हुन् ।
शाहलाई नेपाली कांग्रेसका नवनिर्वाचित लुम्बिनी प्रदेश सभापति अमर पुनले पार्टीमा स्वागत गरेका थिए ।
शाहकै निवासमा एक कार्यक्रमका बीच पुनले उनलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।