एस राजामौलीको महत्वाकांक्षी फिल्म आरआरआर रिलिजको क्रममा छ । फिल्ममा अजय देवगन केमियो रोलमा छन् भने आलिया भट्टको क्यारेक्टर पनि २० मिनेटको मात्रै छ । फिल्ममा दुवैको सानो भूमिका भए पनि निर्मातासँग करोडौँ रुपैयाँ लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आरआरआरमा अजय देवगन जुनियर एनटीआर र रामचरणको गुरुको भूमिकामा देखिने छन् । उनको चरित्र स्वतन्त्रता सेनानीको हो । अजय देवगनले सात दिनको सुटिङका लागि ३५ करोड लिएका बताइएको छ ।
फिल्ममा आलिया भट्ट सीताको भूमिकामा देखिने छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा उनको भूमिका २० मिनेट लामो छ । आलियाले फिल्मका लागि ९ करोड लिएकी छिन् ।
यो मेगा बजेट फिल्मलाई दर्शक पनि उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन् । फिल्म २५ मार्चमा रिलिज हुँदैछ । आरआरआरमा अजय देवगन र आलिया भट्टको भूमिकाले हिन्दी भाषी दर्शकलाई आकर्षित गर्नेछ । यही फिल्मबाट आलियाले साउथ इन्डस्ट्रीमा डेब्यु गर्दै छिन् । फिल्ममा रामचरण तेजा, जुनियर एनटिआर पनि छन् । फिल्ममा दुई महान भारतीय स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमराम भीमको कथा देखाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।