आतंककारी विस्फोटमा परी सोमालियामा १० जनाको मृत्यु

आतंककारीको विस्फोटमा परी दक्षिणी सोमालियामा शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र चार बालबालिका छन् । 

यात्रुसवार मिनीबस दक्षिणी बन्दरगाह सहर किस्मायोतिर गइरहेको बेला आतंककारी समूहले जमिमुनि विछ्याएको एम्बुसमा परी बसमा रहेका कम्तीमा १० जनाको घटनास्थलमा नै मृत्यु भएको त्यहाँका अधिकारीले जानकारी दिएका छन् ।

विस्फोटमा अन्य तीन जना घाइते भएका छन् । घाइतेहरूको किस्मायोको अस्पतालमा उपचार भइरहेको छ ।

सेनाले अल–साबाब आतंकवादी समूहमाथि कारबाही गरिरहेको छ । सेना त्यसतर्फ जान नसकोस् भनी बिस्फोट गराइएको हुनसक्ने प्रत्यक्षदर्शीले जनाएका छन् ।

किस्मायोको उत्तरमा सैनिक कारबाहीमा केही विद्रोहीको मृत्यु भएको छ भने सेनाका दुई सिपाही घाइते भएको त्यहाँको सेनाले जनाएको छ ।





  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार २०:१३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया