आजदेखि मौसममा क्रमिक सुधार

केही दिनयताको लगातारको हिमपात र वर्षापछि आजदेखि मौसममा सुधार आउने भएको छ । पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै गएकाले मौसममा सुधार हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । 

‘आइतबारदेखि दुई/तीन दिन मौसम सुधार हुने र बुधबार/बिहीबारदेखि पुनः अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ,’ उनले भनिन् ।

मौसमविद् मानन्धरका अनुसार राति प्रदेश–१, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । 

तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।  





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार ६:४१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया