चार महिनामा १० लाखभन्दा बढीले अफगानीले छाडे देश

पछिल्लो चार महिनामा १० लाखभन्दा बढी अफगानी नागरिकले देश छाडेका छन् । टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका हुन् । 

एक निजी यातायात उद्योगका प्रमुखले दैनिक ४ हजार मानिस इरान जाने गरेको बताएका छन् । ‘समस्याहरू सबैलाई स्पष्ट छन् । त्यहाँ गरिबी, बेरोजगारी र युवाहरूको लागि शैक्षिक अवसर छैन,’ टोलो न्युजका अनुसार उनले भने ।

उनले उच्च शिक्षा मन्त्रालयमा १० वर्ष काम गरेका थिए । अयुबीले अफगानिस्तानमा आफ्नो र उनको परिवारको लागि जीवन कठिन भएको बताउँदै आफू इरान जान चाहेको उल्लेख गरेका छन् ।

हेरात प्रान्तका धेरै यात्रुहरू यातायात उद्योगका प्रमुखहरूले भने अनुसार इरानको सीमा पार गर्न खोज्ने मानिसहरू  नै छन् । तीमध्ये केही पाकिस्तान पनि जाने गरेको बताए । एक यातायात कम्पनीका प्रमुख इस्माइल जावानमर्द अमरखेलले भने, ‘हामी यहाँ (काबुल) बाट कान्दाहार, निमरोज र हेरात प्रान्तमा हरेक दिन ३,५०० देखि ४,००० मानिसलाई लैजान्छौं ।’

न्युयोर्क टाइम्सले  सामूहिक आप्रवासनले यस क्षेत्र र युरोपमा २०१५ को आप्रवासी संकटको पुनरावृत्तिको जस्तै  चिन्ता बढाएको छ । त्यतिबेला १० लाख भन्दा बढी मानिसहरू प्रायः सिरियालीहरूले युरोपमा शरण खोजेका थिए ।

यद्यपि तत्काल आर्थिक संकटको कारण धेरैले देश छाड्ने छनौट गरिरहेका छन् । तालिबान शासनमा महिलाहरूमाथिको प्रतिबन्ध र बदलाको डरले थप सङ्कट बढाएको छ । त्यसैगरी इरानमा शरणार्थी अधिकार रक्षकहरूले इरानमा अफगान शरणार्थीहरूको स्थितिबारे थप चिन्ता व्यक्त गरेका छन् ।



इस्लामिक इमिरेट्सले अफगानिस्तानमा आर्थिक र मानवीय सङ्कटको सामना गर्न प्रयास भइरहेको बताएको छ । इस्लामिक इमिरेट्सका उपप्रवक्ता बिलाल करीमीले भने, ‘इस्लामिक इमिरेट्सको तथ्याङ्कले दैनिक रूपमा अफगानिस्तानबाट १,५०० देखि २,००० मानिसहरू इरान जाने गरेको देखाउँछ ।’

इरान प्रवेश गर्ने धेरै आप्रवासीहरू टर्कीको सीमा पार गर्न र त्यहाँबाट शरणका लागि युरोप जान खोजिरहेका छन् । -एएनआई



  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार १०:१९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया