लता मंगेशकरको निधनप्रति राष्ट्रपति भण्डारीबाट दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय गायिका लता मंगेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आइतबार ट्विटमार्फत गायिका लता मंगेशकरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै धेरै नेपाली गीत लता मंगेशकरले सुमधुर आवाज दिएको स्मरण गरेकी छन् ।

'धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मंगेशकरको निधनको खबरले मलाई दुखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवंगत लता मं‌गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु,' उनले लेखेकी छन् ।

९२ वर्षीय गायिका लता मंगेशकरको आइतबार 'मल्टी अर्गान फेलर'का कारण निधन भएको छ । १३ वर्षको उमेरदेखि गीत गाउन थालेकी लताले ३० हजारभन्दा धेरै गीत गाइसकेकी छन् । नेपालीलगायत अन्य धेरै भाषाका गीतमा उनले स्वर दिएकी छन् ।





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार १३:३९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया