आजको मौसम : तराईमा हुस्सु र कुहिरो, प्रदेश-१ मा वर्षाको सम्भावना

आज सामान्यतया देशभरको मौसम सफा रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव सामान्य हुँदै गएपछि मौसम पनि सफा हुन थालेको हो । 

यद्यपि, आज प्रदेश-१ का पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । 

आज राति प्रदेश-१, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदली रहने मौसमविदले जानकारी दिएका छन् ।

आज राति प्रदेश-१ का पहाडी भू-भागका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।  तराईमा बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले अनुरोध गरेका छन् । 





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार ६:४८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया