१० खेलाडीमा सीमित बार्सिलाेनाकाे सहज जित

स्पेनिस ला लिगाअन्तर्गत गएराति भएकाे खेलमा घरेलु टाेली बार्सिलाेनाले एटलेटिको मड्रिडमाथि ४-२ को सहज जित हात पारेकाे छ ।

क्याम्प नोउमा भएको खेलमा सुरुवाती अग्रता लिए पनि एटलेटिले त्यसलाई जोगाउन सकेन । खेलको आठौं मिनेटमा यानिक कारास्कोको गोलबाट एटलेटिकोले सुरुवाती अग्रता लिएको थियो । 

१० औं मिनेटमा जोर्डी अल्बाले बार्सिलोनालाई बराबरी १-१ को बराबरीमा ल्याए । २१ औं मिनेटमा गाभीको गोलबाट बार्सिलोनाले २-१ को अग्रता बनायो । ४३ औं रोनाल्ड अरुजोले गोल गरेपछि घरेलु टोली ३-१ ले अघि बढ्यो ।  

४९ औं मिनेटमा डानी आल्भेसले बार्सिलाेनाका लागि चाैथाे गाेल गरे। ५८ औं मिनेटमा लुईस स्वारेजले एटलेटिकाेका लागि दोस्रो गाेल गरेपछि बार्सिलाेनाले ४-२ काे सहज जित निकालेकाे हाे ।

६९ औं मिनेटमा डानी आल्भेसले राताे कार्ड बेहार्दै मैदान छाडेपछि बार्सिलाेना १० खेलाडीमा सीमित भएकाे थियाे । जितसँगै बार्सिलाेना २२ खेलमा ३८ अंक जाेडेर चाैथाे स्थानमा उक्लिँदा पराजित एटलेटिकाे ३६ अंकका साथ पाँचौं  स्थानमा छ ।






  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार ७:३१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया